मालिकादेवी कप : उद्घाटन खेलमा सुकुटे र भिमटार खेल्दै

सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको आज (सोमबार) बाट सुरु हुँदै छ।

चौतारा साँगाचोकगढी ७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भिमटार बोइजले सुकुटे युवा जागरण मञ्चसँग खेल्ने भएकाे छ। यो खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

पहिलो दिन कुल चार खेल हुनेछ। यस्तै, दोस्रो खेल दिउँसो १:३० बजे जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले सिंहमती युवा क्लबको सामना गर्नेछ।

दिनको तेस्रो खेलमा सिर्जनशिल समाजले साँगाचोक युवा क्लबको सामना गर्ने छ।

दिनको अन्तिम खेलमा वडा नम्बर ६ ले वारियर्स एफसीको सामना गर्नेछ। प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथि रहेका छन्।

आगामी १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।

प्रतियोगिाको सबै खेलहरु नेप्लेज डटकमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण हुने छ।

चौथो मालिकादेवी कपमा सहभागि टिम
१. सेतीदेवी युवा क्लब, कुविण्डे
२. भिमटार बोइज, भिमटार
३. सुकुटे युवा जागरण मञ्च
४. सुनकोशी ए
५. सुनकोशी बी
६. राईबोइज, झापा
७. स्याउँले टिम शिल्ड
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६
९. जिल्लाप्रहरी कार्यालय, (वारियर्स एफसी)
१०. जिल्लाप्रहरी कार्यालय, सिन्धुपाल्चोक
११. सिर्जनशिल समाज, सिरानचौर
१२. साँगाचोक युवा क्लब
१३. चौतारा स्पोर्टिङ क्लब
१४. सिंहमति युवा क्लब
१५. मेलचौर युवाजागरण समाज
१६. पोखरे युवा समाज
१७. रानिटार युवा क्लब
१८. रोयल्स फेफिली
१९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८
२०. धार्पा युवा क्लब
२१ .इन्द्रावती सिर्जनशिल युवा समाज

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको