इस्टेघलालमाथि अल नासरको जित


काठमाडौं । अल नासर एएफसी च्याम्पियन्स लिगको खेलमा विजयी भएको छ।

गएराती सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १–० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा आइमेरिक लापोर्टेले गोल गरे।

खेलको ८१औं मिनेटमा आइमेरिक उनले गरेको गोल नै खेलको निर्णायक बन्यो।

जारी सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो। ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ। त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ।

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको