
काठमाडौं । भारतविरुद्ध शानदार जित हासिल गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
बुधबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित हराउँदै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।
बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।
बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन्। त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्।
बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै, भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ।
त्यस्तै समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ।