इन्टर मिलान विजयी


काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इन्टर मिलान विजयी भएको छ । स्वीस क्लब योङ ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बर्नस्थित स्टाडियन वान्कडर्फमा भएको खेलमा इन्टर मिलानले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित हात पारेको हो ।

इटालियन क्लबका सब्स्टिच्युट मार्कस थुरामले इन्ज्योरी समयको तेस्रो मिनेटमा फेडेरिको डिमार्कोको क्रसमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

खेलको अधिकांश समय यंग ब्वाइजले अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेनन् । मोन्टेरियोले पोस्टमा प्रहार गर्दा गोल हुन सकेन भने, इन्टरका मार्को अर्नाटोभिचले पेनाल्टीबाट गोल गर्न चुकेका थिए । इन्टर मिलान ७ अंकसहित तालिकाको सातौं स्थानमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको