स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै


काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर बलिङ राेजेको छ।

अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको