अग्रता जोगाउन सक्दा अल नासर रोकियो


काठमाडौं । साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ।

गएराति अलअवल पार्कमा भएको खेल अल नासर साविक विजेता अल हिलालसँग १–१ बराबरीमा रोकिएको हो।

यो बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्। जारी लिगमा ९ खेलबाट अल हिलाल २५ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट अल नासर १९ अंकसहित तेस्रो स्थानमा छ।

खेलको पहिलो मिनेटमै तालिस्काको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता  बनाएको् नासरले उक्त अग्रता ७७औँ मिनेटसम्म मात्रै जोगाउन सक्यो।

हिलालको लागि सार्जेज मिलिन्कोभिकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको