
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत १०औँ साताको खेलमा आर्सनल पराजित भएको छ।
शनिबार भएको खेलमा पाहुना टोली आर्सनल घरेलु टोली न्युक्यासल युनाइटेड १–० गोलले पराजित भएको हो।
यो पराजयसँगै आर्सनलले शीर्ष स्थानको म्यान्चेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलसँग अंक दुरी घटाउने मौका गुमाएको छ।
जारी सिजन १० खेलबाट १८ अंकसहित आर्सनल तेस्रो स्थानमा यथावत छ। उसको यो दोस्रो पराजय हो। यता। विजयी न्युक्यासल युनाइटेड समान खेलबाट १५ अंकसहित आठौँ स्थानमा उक्लिएको छ।
न्युक्यासल युनाइटेडको जीतमा अलेक्जेन्डर इसाकले गरेको गोल नै निर्णयक बन्यो। उनले खेलको १२औँ मिनेटमा गोल गरेका थियो। उक्त गोलको अग्रता अन्तिम समयसम्म जोगाउँदै न्युक्यासल युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
खेलमा ६४ प्रतिशत बल पोजिसनमा पकड जमाएको आर्सनलले १० शट प्रहार गरेपनि गोल भने गर्न सकेन।