सिरी ‘ए’ : शीर्ष स्थानको नापोली पराजित


काठमाडौं । शीर्ष स्थानको नापोली इटालियन सिरी ए फुटबलमा पराजित भएको छ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा आइतबार भएको खेलमा नापोली एटालान्टासँग ३–० गोलले पराजित भएको हो।

एटालान्टाको जीतमा एडेमोला लुकम्यानले दुई गोल गरे भने माटेओ रेटेगुई एक गाेल थपे। पहिलो हाफमा दुई गाेल गरेकाे एटालान्टाले दाेस्राे हाफमा थप एक गाेल गर्न सफल भयाे।

खेलको १०औँ र ३१औँ मिनेटमा एडेमोला लुकम्यानले गोल भने माटेओ रेटेगुई इन्जुरी समयकाे दाेस्राे मिनेटमा गाेल गर्दै एटालान्टालाई महत्वपूर्ण तीन अंक दिलाए।

पराजयसँगै ११ खेलबाट २५ अंक रहेको नापोली शीर्ष स्थानमा यथावत् छ। यता, नापोलीलाई पराजित गरेको एटालान्टा समान खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको