बार्सिलोनाको विजयी यात्रा जारी, दोस्रो स्थानको रियल भन्दा ९ अंकले अघि


काठमाडौं । डानी ओल्मोको दुई गोल प्ररित खेलमा बार्सिलोनाले सहज जीत हासिल गरेको छ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार स्टेडिओ ओलम्पिक लुइस मैदानमा घरेलु टोली बार्सिलोनाले स्पान्योललाई ३–१ गोलले पराजित गरेको हो।

बार्सिलोनाको जीतमा अर्को गोल राफिनहाले गरे।

जीतसँगैँ १२ खेलबाट ३३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ९ अंकले अघि छ।

पहिलो हाफमै तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा कुनै पनि गोल भने गर्न सकनेन। यता, स्पान्याेलका लागि जाभी पुआडाेले ६३औँ मिनेटमा गरेकाे गाेल सान्त्वना बन्याे।

ओल्मोले खेलको १२औँ र ३१औँ मिनेटमा गोल गरे भने राफिनहाले २३औँ मिनेटमा गोल गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको