राखेप निमित्त सदस्यसचिव अञ्जना मास्केद्वारा अरब क्लासिक बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ गरेकी छिन्।

मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रले चुनौती प्रस्तुत गर्ने अरब क्लासिक बेसबल लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा हुँदै छ।

निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीका कप्तान निश्चल केसीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाई गरेकी हुन्। सो अवसरमा निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले नेपालीहरूले श्रम र पसिना बगाएको मरुभूमिमा देशका खेलाडीको सफलताले उत्साह प्रदान गर्ने उल्लेख गर्दै उँचो प्रदर्शन गर्न शुभकामना दिइन्।

निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्पm जाँदै छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन्। समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन्। नेपालले प्यालेस्टाइनसँग आगामी शुक्रबारदेखि प्रतियोगिताको सुरुआत गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको