मिलानसँग रियलकाे हार


काठमाडौं । युईएफए च्यम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छर

गएराति भएको खेलमा रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग ३–१ गोलले पराजित भएको हो।

हारसँगै चार खेलबाट दुई हारसँगै १७औँ स्थानमा छ। यता, एसी मिलन भने समान खेलबाट समान अंकसहित १८औँ स्थानमा छ।

मिलानको जितमा मिलिक थिआव, अल्भारो मोरटा र तिजानी रेजिन्डरर्सले गोल गरे।

खेलको २३औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। तर, एसि मिलानले खेलमा पकड राख्दै तीन अंक जित्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको