
काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पोर्चुगलको क्लब स्पोर्टिङ सिपीसँग भएको छ।
मंगलबार राति युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सिटी स्पोर्टिङ सिपीसँग ४–१ गोल अन्तरले पराजित भएको हो।
स्पोर्टिङ सिपीसँगको जितमा भिक्टोर गिओकेरेजले ह्याट्रिक पूरा गरे। उनले खेलको ३८, ४९ र ८०औं मिनेटमा गोल गरेका हुन्। म्याक्सिमिलियानो अरौजोले एक गोल थपे। त्यस्तै, सिटीका लागि फिल फोडेनले गरेको गोल सान्त्वना बन्यो।
जीतसँगै स्पोर्टिङ सिपी चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पराजित भने म्यानचेस्टर सिटी भने समान खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ।