
अमेरिकाको फ्लोरिडामा भएको अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनाका पदक विजेता नेपालका कमल मगर बुधबार स्वदेश फर्किएका छन् ।
अक्टोबर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले २ स्वर्ण र १ रजत पदक जितेका थिए । कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जितेका थिए ।
कमललाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई र सचिव रमेश महर्जनले कमललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै बधाइ दिए ।
सोही प्रतियोगितामा अनुप थापाले १ स्वर्ण, २ रजत र १ कांस्य गरी ४ पदक जितेका थिए । नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका थिए ।