च्याम्पियन्स लिगमा पिएसजी पराजित


काठमाडौं । युएइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी) पराजित भएको छ।

गएराति भएको खेलमा फ्रेन्च क्लब पिएसजी घरेलु मैदनमै स्पेनिस क्लब एथ्लेटिकको मड्रिडसँग २–१ गोलले पराजित गरेको हो।

एथ्लेटिकको जितमा नहुएल मोलिना र एन्जिल कोरियाले गोल गरे। यता पिएसजीका लागि वारेन एमरीले गरेको गोल सान्त्वना बन्यो।

जीतसँगै चार खेलबाट ६ अंक रहेको मड्रिड २३औँ स्थानमा छ। पराजित पिएसजी भने समान खेलबाट चार अंकसहित २५औँ स्थानमा छ।

खेलको १४औँ मिनेटमा पिएसजीले एमरीको गोलबाट सुरुआती अग्रता बनाएको थियो। तर, उक्त अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको