
काठमाडौं । नेपाली बेसबल टोली अरब क्लासिक लिगमा शुक्रबार पराजित भएको छ। नेपाल साउदी अरबियासंग १४–२ पराजित भयो। नेपालको यो दोश्रो हार हो।
यसअघि नेपाल प्यालेस्टाइनसंग १७–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जनाएका छन्।
नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, प्यालेस्टाइन र साउदी अरयिबा छन् । दुबइमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकाविरुद्ध खेल्ने छ।