
काठमाडौंँ । साउदी प्रो लिगमा अल नासर विजयी भएको छ।
गएराती भएको खेलमा अल नासरले अल रियादलाई १–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफको खेलको ४१औ मिनेटमा साडियो मानेले गरेको गोल नै नासरलाई तीन अंक दिलाउन निर्णायक बन्यो।
जीतसँगै १० खेलबाट २२ अंक जोडेको अल नासर लिगमा तेस्रो स्थानमा छ। पराजित अल रियाद समान खेलमा १४ अंकसहित सातौं स्थानमा छ।
तपाईको प्रतिक्रिया !!!