
काठमाडौँ । नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो । ३० वर्षीया सेलिशाको शुक्रबारै किर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो ।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दषिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो ।