
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ।
गएराती भएको खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो।
ब्राइटनको जीतमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरे। सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेको गोल सान्त्वना बन्यो।
खेलमा १–० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै सिटीलाई स्तब्ध बनाएको हो।
सिटीकाे जारी सिजन लगातार चाैथाे हार हाे। यसअघि इएफएल कपमा टाेटेनह्याम, प्रिमियर लिगमा ब्राेइनमाउथसँग समान २-१ पराजित भएकाे थियाे। यस्तै च्याम्पियन्स लिगमा स्पाेर्टिङ सिपीसँग ४-१ ले पराजित भएकाे थियाे।
जीतसँगै ब्राइटनले ११ खेलबाट १९ अंकसहित चौथो स्थानमा उक्लिएको छ। पराजित सिटी भने समान खेलबाट २३ अंकसहित दोस्रो स्थानमा रहेको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ।