प्रिमियर लिग : युनाइटेडको सहज जित


काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औँ साताको खेलमा म्यान्चेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ।

घरेलु मैदानमा आइतबार राति भएकाे खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो।

युनाइटेडको जीतमा कपतान ब्रुनो फर्नान्डिस र अलेजान्डर गार्नाचोले गोल गरे। अर्को गोल युनाइटेडले उपहार पाएको थियो।

खेल १७औँ मिनेटमा ब्रुनोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै ३८औँ मिनेटमा भिक्टरले आफ्नौ पोस्टमा गोल गरेपछि खेलमा युनाइटेड २–० ले अघि बढ्यो।

८२औँ मिनेटमा गार्नाचोले गोर्दै घरेलु टोली युनाइटेडलाई ३–० जित दिलाए।

जीतसँगै युनाइटेडले नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा प्रिमियर लिगमा पहिलो जित हासिल गरेको छ। यसअघि पहिलो खेलमा चेल्सीसँग १–१ को बराबरीमा रोकिएको थियो।

जितसँगै ११ खेलबाट १५ अंक जोडेको युनाइटेड १३औँ स्थानमा उक्लिएको छ। पराजित लेस्टर भने समान खेलबाट १० अंकसहित १५औँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको