बार्सिलोना पराजित


काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ।

आइतबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग १–० ले पराजित भएको हो।

रियल सोसिडाडको जीतमा खेलको ३३औँ मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै खेलको निर्णायक बन्यो।

हारसँगै यस सिजनको ला लिगामा बार्सिलोनाको यो दोस्रो पराजय हो। १३ खेलबाट ३३ अंकसहित बार्सिलोना शीर्ष स्थान छ। विजयी सोसिडाडाँ भने समान खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ।

यता, एक खेल कम खेलेको रियल मड्रिड १२ खेलमा २७ अंकसहित दोस्रो स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको