टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु


काठमाडौं । टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

काठमाडौंको हात्तिगौंडास्थित टिआईएको कोर्टमा भएको खेलमा घरेलु टोलीले मंगलदिप स्कुललाई २५ का विरुद्ध ३७ स्कोरले हराएको हो । टिआईएको जितमा क्रिश ओलीले १७ स्कोरको योगदान गरे ।

पहिलो क्वार्टरदेखि नै अग्रता लिएको टिआइएले अग्रता चौथो सेटसम्मै कायम राख्यो । टिआईइले पहिलो क्वार्टरमा ११–५, दोस्रोमा १३–१० र तेस्रोमा ६–४ को आग्रता कायम राखेको थियो । चौथो क्वार्टरमा भने दुबै टिमले ६–६ स्कोर गरेका थिए ।

प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका थिए । टिआईएसँगै प्रतियोगिताको छात्रतर्फ आज भएको खेलमा दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुवात गरे ।

प्रतियोगितामा छात्र र छात्रातर्फ १६–१६ वटा टिमको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल आउँदो आइतबार हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको