विश्व शारीरिक सुगठनका पदक विजेतालाई बधाई


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपमा पदक विजेतासहितको टोली भेटी सदस्य–सचिव घिसिङले बधाई दिएका हुन् ।

माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको