एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने


काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर वोल्टस भिड्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा हुने सो प्रतियोगिताको उद्घाटन खेल मंसिर १५ गते हुने छ।

खेल १२:१५ बजेबाट सुरु हुने छ। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहेको छ भने प्रतियोगिताका सबै खेलहरु स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको