‘सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाही छ’


काठमाडौं । मकवानपुर सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरवाहीलाई प्राकृतिक र विपदीको नाममा छुट दिन नसकिने बताएका हुन् ।

घटना भएको ५३ औ दिनसम्म आइपुग्दा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रमुख राजनीतिक दलका नेता, खेलकुदमन्त्रीलगायत सम्बन्धित सबै निकायमा घटनाको निष्पक्ष छानबिनको लागि ज्ञापन पत्र बुझाउँदा समेत कतैबाट सम्बोधन नभएको पनि उनीहरको गुनासो छ ।

उनीहरुले न्यायिक छानबिनको लागी आवाज उठाइराखेको अवस्थामा सिस्नेरी घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरुलाई नै राखेर छानबिन समिति गठनको नाटक मञ्चन गरेर झन पीडा माथि पीडा थप्ने काम गरेको भन्दै एन्फाले बनाएको छानबिन समिति मान्य नभएको पनि बताए ।

सबै अभिवावक घटनालाई प्रकृति र विपत्तीसँग नजोडेर एक उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री साथै सम्बन्धित निकायहरु समक्ष आह्वान पनि गरेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको