काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि विराटनगर किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।
विराटनगरले मंगलबार जर्सी सार्वजनिक गरेको हो। मार्की प्लेयर सन्दीप लामिछानेले सार्वजनिक गरेका हुन्।
जर्सी सार्वजनिक कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मत कार्की, गायिका रचना रिमाल र गायक कुशल पोखेरल लगायतको उपस्थिति थियो।
विराटनगरले सोही कार्यक्रमा आफनो एन्थम पनि सार्वजनिक गरेको थियो। विराटनगरले टिम फेसका रूपमा गायिका रचना रिमाललाई प्रस्तुत गरेको छ। आगामाी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने पहिलो संस्करणको एनपीएलमा विराटनगरले उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग खैल्दै सुरुआत गर्नछ


