भ्याली पब्लिक बास्केटबलमा ८४ टिम


काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८४ टिमको सहभागिता रहने भ्याली पब्लिकका संस्थापक प्राचार्य कृष्णप्रसाद अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर समान ३२–३२ तथा सिनियर गल्र्समा २० टिमको सहभागिता रहने छ ।

तीनै समूहमा शीर्ष २ स्थानमा रहने टिमलाई क्रमशः २० हजार र १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले बताए । मंसिर १६ गतेसम्म लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु भंगालस्थित आयोजककै कोर्टमा खेलाइने छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको