आयोजक रेडियन्ट पब्लिक र स्वर्णिम १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले ज्ञानोदय बालवाटिकालाई २१–८ ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ अंक जोडिन् । स्वर्णिमले एलआरआईलाई १६–४ ले हरायो । स्वर्णिमका लागि नितिशा महर्जनले ७ स्कोर गरिन् । जेसिस र केभीसीले यसअघिनै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
सिनियर ब्वाइजमा रेडियन्टले संस्कृतिलाई ४४–३५, पुष्पसदनले स्वस्तिश्री गुरुकुललाई ३८–२७, ज्ञानोदय बालवाटिकाले मेगसलाई ५३–२७ र एलआरआईले क्षेत्रज्ञलाई ४८–४१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका सुसनराज न्यौपानेले १६, पुष्पसदनका उमंग अमात्यले १२, ज्ञानोदयका दीपेश शाहीले १२ र एलआरआईका रुइची श्रेष्ठले ३० अंक बटुले ।
जुनियर ब्वाइजमा सेबले रेडियन्ट पब्लिकलाई ३०–१३, कश्यपले पिपुल्स एकेडेमीलाई २३–१९, ब्राइट होराइजनले नवीन ज्योतिलाई १५–८ र ग्रिनफिल्डले पुष्पसदनलाई १८–१० ले पन्छ्याउदै सेमिफाइनलमा पुगे । सेबका सुजन घलेले ११, कश्यपका एलेन लामाले ११, ब्राइट होराइजनका उज्ज्वल तामाङले ६ र ग्रिनफिल्डका मनोज तामाङले ६ स्कोर गरे ।


