काठमाडौं । स्पेनिस ला लिगा रियाल मड्रिडले सहज जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–० ले पराजित गरेको गरे हो।
रियलको जीतमा केलियन एम्बाप्पे फेडेरिको भाल्भर्डे र जुड वेलिंघमले गरे। पहिलो हाफमा एक गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।
भिनिसियस जुनियरको पासमा एम्बाप्पेले ४३औँ मिनेटमा रियाललाई अग्रता दिलाएका हुन्।
जितसँगै रियाल दोस्रो स्थानमा उक्लिएको छ। १३ खेलबाट उसको ३० अंक छ। १४ खेल खेलेको बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहँदा १४ खेलबाटै लेगानेस १४औँ स्थानमा छ।


