पुलिसमाथि थ्री स्टारको जित


काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लब विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा थ्री स्टारले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो।

थ्री स्टारको जितमा रोमन श्रेष्ठले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा रोमनले गरेको गोल नै थ्री स्टारलाई जित दिलाउन निर्यायक बन्यो।

जितसँगै थ्री स्टारले जारी लिगमा १२ खेलबाट २२ अंक जोडेको छ। पराजित पुलिस भने समान खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको