भ्याली पब्लिक बास्केटबल : डाफोडिल र हेराल्ड सफल


काठमाडौं । डाफोडिल र हेराल्डले १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोबार जित हात पारेका छन् ।

डाफोडिलले अपीलाई ५२–४५ ले पराजित ग¥यो । डाफोडिलका स्पन्दनले १६ अंक जोडे । हेराल्डले एक्टिभलाई २६–२१ ले हरायो । हेराल्डका दिपतान्शु बस्नेतले ११ स्कोर गरे ।

सिनियर ब्वाइजमै ह्वाइटफिल्डले रेडियन्टलाई ५०–४०, हिमालयन किङडमले नेसनल युनाइटेडलाई ५०–३६, टीआईएले एचएचसीएलाई ४२–३७, बागमतीले रेडियन्टलाई २७–२३ र सेवा सदनले राजन मेमोरियललाई १८–१३ ले पाखा लगाए ।

सिनियर गल्र्समा डाफोडिलले केभीकेएसएसलाई २०–१७, टीआईएले फेरिल्यान्डलाई १२–१०, रिब्सले क्यान्भासलाई ३०–२५, त्रिज्योतिले प्रारम्भलाई २३–१३ र हिमरश्मिले इडेन ब्रिज एकेडेमी ९इबीए० लाई २७–२५ ले पन्छाए ।

जुनियर ब्वाइजमा जेनियमले ह्वाइटफिल्डलाई २३–२०, रेडियन्टले संस्कारलाई १६–११, स्किब्सले ग्रिन लाउन्सर्ला १९–१५, त्रिज्योतिले एसिया प्यासिफिकलाई २७–२४, सत्यसाइले बीएमसीएलाई २४–२०, हिमरश्मिले जीएनएसलाई २८–२३ र किङडमले युरो किड्सलाई ३०–२५ ले निराश पारे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको