काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुने क्रममा रहेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डीएनए इन्टरनेस्नल नेपालसँग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डीएनए नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो।
डीएनए इन्टरनेश्नल नेपाल आठ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ। बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन्। मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।


