
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१६ युथ लिग पुस दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ।
एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकले प्रतियोगिताको मिति तय गरेको हो।
एन्फाकाअनुसार लिग आगामी पुस १२ गतेदेखि सञ्चालन हुनेछ। मंसिर १९ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ। मंसिर २५ गते खेल तालिका प्रकाशन गरिने छ।
एन्फाका अनुसार लिग डबल राउन्ड रोविन पद्धतिमा हुनेछ। गत वर्ष मछिन्द्र फुटबल क्लब च्याम्पियन बनेको थियो।