शिभाली च्याम्पियन


काठमाडाैँ । नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट टुको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएकी छन्। सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन्।

नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ करिन सइजनलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरिन्।

ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे। सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट– १ का विजेता अभि अग्रवाललाई ६–२ र ६–० को सोझो सेटमा हराए। अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्याललाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको