नेपाललाई २ कांस्य


काठमाडौं । चेम्निज ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीले २ कांस्य पदक जितेका छन्।

जर्मनीमा नोभेम्बर ३० तारिखमा भएको प्रतियोगिताको पुरुष यु–१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यु–२१ उमेरसमूहको ६० केजीमुनि विकास घर्तीले कांस्य जिते।

सन् २०२१ को चेम्जिन ओपनमा स्वर्ण र कांस्य जितेका सुमन तिमल्सिना टोलीको प्रशिक्षक हुन्। अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको