
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा आज (शनिबार) दुई खेल हुँदै छन्।
त्रिवि क्रिकेट मैदानमा हुने दिनको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ। यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
सुदूरपश्चिम रोयल्सले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ।
दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदै छ। कर्णाली र विराटनगर दुवैले समान तीन खेलमा एक एक जित र दुई खेलमा हार बेहोरेका छन्।
यो खेल अपराहन्न १ बजेदेखि सुरु हुनेछ।