
काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो।
कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए। ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान गरे। आरिफ शेख भने शून्य रनमा आउट भए।
लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १/१ विकेट लिए।