सुदूरपश्चिमलाई चितवनले दियो १६५ रनको लक्ष्य


काठमाडौं । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६४ रन बनाएपछि सुदूरले १६५ रनको लक्ष्य पाएको हो।

चितवनका लागि हसन एइसाखिलले अर्धशतक प्रहार गरेका थिए। ५२ बलको सामना गरेका उनले ६ चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाएर आउट भए।

यस्तै रवि बोपाराले ३६ रन बनाउँदा बिपिन रावल १७, कप्तान कुशल मल्ल १३ र ओपनर सान्तोष कार्कीले ९ रन बनाएर आउट भए।

यता, बलिङतर्फ सुदूरका लागि स्कट कुग्गेलिजनले दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन, सेभ जइब र कप्तान दिपेन्द्रसिंक ऐरीले समान एक एक विकेट लिए।

सुदूर जारी प्रतियोगितामा विजयी यात्रा कायम राख्ने लक्ष्यमा छ भने चितवन उक्त लक्ष्य तोड्ने दाउमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको