काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्याममाथि पुनरागमन जित हासिल गरेको छ।
गएराती भएको खेलमा चेल्सीले घरेलु टोली टोटनह्यामलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।
खेलमा २–० गोलले पछि परेको चेल्सी शानदार पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गरेको हो।
चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने जाडोन सान्चो र इन्जो फेर्नानडेजले एक एक गोल गरे।यता, टोटनह्यामका लागि डोमिनिक सोलान्के, डेजान कुलुसेभस्की र सन हेंग मिनले गरेको गोल सान्त्वना बन्यो।
खेलको ११ मिनेटभित्रै दुई गोल गरेको टोटनह्याम उक्त अग्रता जोगाउन नसक्दा पराजित भएको हो।
जितसँगै चेल्सी १५ खेलबाट ३१ अंकसहति दोस्रो स्थानमा छ। त्यस्तै टोटनह्यामको १५ खेलमा २० अंक रहेको छ र लिगमा ११औँ स्थानमा छ।


