आयोजक मातृभूमिको विजयी सुरुआत


काठमाडाैँ । आयोजक मातृभूमि नीलोले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।

सानोथिमीस्थित घरेलु कोर्टमा मातृभूमिले ज्ञान निकेतनलाई ६५–६० ले पराजित ग¥यो । मातृभूमिका प्रसिद्ध रायमाझीले २२ अंक जोडे । सोही स्पर्धामा अक्षरिकाले बौद्ध इन्टरनेसनललाई ४६–४१ ले हरायो । अक्षरिकाका आर्यन श्रेष्ठले १७ स्कोर गरे ।

सिनियर गल्र्समा निस्ट ‘बी’, भक्तपुरले चाणक्यमाथि २३–२ को सहज जित दर्ता ग¥यो । विजयी टिमका लागि सुदेशना नेपालले ७ अंक जोडिन् ।

प्रतियोगिताको मातृभूमिकी प्रिन्सिपल प्रकृति केसी पन्तले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सिनियर ब्वाइज र गल्र्समा समान ७–७ तथा जुनियर ब्वाइजमा ११ गरी २५ टिम सहभागी छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको