काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारबाट सुरु हुने भएको छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ गल्फरले प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फर एसोसिएसन नेपाल ९पिजिएएन० का महासचिव दीपक आचार्यले जानकारी दिए।
रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ८५ र तेस्रो हुनेले ६८ हजार रुपैयाँ पार्नेछन्। यसैगरी कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउनेछन्।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि राहुल विश्वकर्मा जितेको थिए।


