एनपीएलमा आज दुई खेल हुँदै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार हुने दिनको पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सको सामना गर्दै छ। यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ।

प्रतियोगितामा चितवनले ४ खेलमा ३ जित र एक हार बेहोरेर अंक तालिकामा तेस्रो स्थानमा छ। त्यस्तै लुम्बिनी लायन्सले भएन आफ्ना चारै खेलमा हार बेहोरेको छ।

त्यस्तै आज दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुँदै छ। यो खेल अपराहन्न १ बजेदेखि हुँदै छ। कर्णालीले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने पोखराले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको