काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले शख्तर डोनेटस्कलाई पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा बायर्नले शख्तर डोनेटस्कलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
बायर्नको जितमा माइकल ओलीसले दुई कोनार्ड लाइमर, थोमस मुलर र जमाल मुसियालाले एक एक गोल गरे। त्यसैगरी डोनेटस्कका केभिनले एक गोल गरे।
जितसँगै बायर्नले ६ खेलबाट १२ अंक जोडेर आठौँ स्थानमा छ। यता, डोनेटस्कको चार अंक रहेको छ।


