सुदूरले जनकपुरलाई दियाे १२४ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट १२४ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतीमा १२३ रन बनायो।

सुदूरका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउँदा सेफ जइबले २१ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए।

यता, जनकपुरका लागि किशोर महतोले चार विकेट लिए भने शेर मल्ल दुई तथा हर्ष ठाकरले एक विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको