साफ च्याम्पियनसिप: भुटान समूह चरणबाटै बाहिरियो, बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा

काठमाडौँ। भुटान साफ च्याम्पियनसिप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। समूह ‘ए’ मा रहेको भुटानले आफ्ना दुवै खेल खेलिसक्दा मात्र १ अंक जोड्न सकेपछि प्रतियोगिताको यात्रा समाप्त भएको हो।

भुटान बाहिरिएसँगै यस समूहबाट बङ्गलादेश र श्रीलङ्काले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। प्रतियोगिता अन्तर्गत भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। आइतबार भएको आफ्नो दोस्रो तथा अन्तिम खेलमा श्रीलङ्कासँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे पनि भुटानलाई अघिल्लो चरण पुग्न त्यो पर्याप्त रहेन। दुई खेलबाट भुटानको खातामा मात्र १ अंक रह्यो।

समूह ‘ए’ मा अब बङ्गलादेशको ३ अंक र श्रीलङ्काको १ अंक छ। भुटान बाहिरिएपछि यी दुवै टोली नकआउट चरणमा प्रवेश गरिसकेका छन्। अब आगामी नोभेम्बर ११ मा हुने बङ्गलादेश र श्रीलङ्काबीचको खेलले यस समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ।

उता समूह ‘बी’ मा भने पाकिस्तान, भारत र माल्दिभ्सबीच सेमिफाइनल यात्राका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको