काठमाठाैं। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले पराजित गरेको छ। आइतबार भएको खेलमा लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई उसकै मैदानमा हराएको हो।
लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टर, फ्लोरियन विर्ट्ज र अलेक्जान्डर इसाकले गोल गरे। क्रिस्टल प्यालेसका एडी एनकेटियाले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए।
म्याक एलिस्टरले ४०औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ५४औँ मिनेटमा विर्ट्जले गोल थपेपछि लिभरपुलले अग्रता दोब्बर बनायो। ८९औँ मिनेटमा इसाकले तेस्रो गोल गरे।
खेलको ९०औँ मिनेटको इन्जुरी समयको पाँचौँ मिनेटमा एनकेटियाले पेनाल्टीमार्फत गोल गरे पनि क्रिस्टल प्यालेसलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै लिभरपुलले १० खेलबाट १८ अंक जोडेको छ। पराजित क्रिस्टल प्यालेसको समान खेलबाट ७ अंक छ।