काभा भलिबल : हेल्प नेपाल सेमिफाइनलमा


काठमाडौं । लगातार तेस्रो जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लब काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको दिनको दोस्रो खेलमा हेल्प नेपालले मल्दिभ्सको क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५–१९, २५–२१ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले विजयी यात्रा जारी राख्यो।

जितसँगै हेल्प नेपालले तीन खेलमा आठ अंक जोडेको छ।

दिनको पहिलो खेलमा इरानले क्यालिकटलाई ३–० को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

बिहीबार हेल्प नेपालले इरान तथा गण्डकीले क्यालिकटको सामना गर्नेछन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको