काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ।
पाेखराले दिएकाे १९ काे लक्ष्य पछ्याएकाे विराटनगरले ५ रन मात्रै बनाउन सक्याे। उसका लागि मार्टिन गप्टलले दुई र निकोलस किर्टनले दुई रन बनाउँदा एक रन अतिरिक्तबाट पाएकाे थियाे।
याे पराजयसँगै विराटनगरकाे प्लेअफकाे सम्भावना सकिएकाे छ। सुरुवाती दुवै खेल हारेको विराटनगरले तेस्रो खेलमा जित हात पारेका थिए।
विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा लुम्बिनीलाई हराएको थियो। चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो।
यस्तै विजयी पाेखराकाे प्लेअफकाे सम्भावना बलियाे बनेकाे छ। प्रतियाेगिताकाे पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।
जितसँग पाँच खेलबाट पाेखराकाे चार अक पुगेकाे छ।
कीर्तिपुरस्थित टियु मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।
पोखराको लागि एन्ड्रिज गौसले सर्वाधिक ३९ रन बनाए। उनले २७ बलमा सात चौका प्रहार गरेका थिए। यस्तै कप्तान कुशल भुर्तेलले ३१ रन बनाउँदा रेमन रेफरले ३४ रन बनाए।
अन्तिम बलमा ६ रन चाहिँएको अवस्थामा रेफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा धकेलेका थिए।
यता, विराटनगरका लागि प्रतिस जिसीले चार ओभरमा १८ रन खर्चिएर चार विकेट हात पारे। यस्तै क्रिश सोलले दुई विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो। उसका लागि स्कट एड्रवार्सले सर्वाधिक ४५ रनको पारी खेले। उनले ३५ बलमा पाँच चौका प्रहार गरेर उनलाई पोखराका कप्तान कुशल भुर्तेले साउट गराए।
यस्तै रोकेश बमले २६ रन बनाउँदा निकोलस किर्टनले १९ रन बनाए। बसिर अहमद २१ रनमा अविजित रहे भने प्रतिस जिसीले अन्तिम मलमा चौका प्रहार गरे।
यता, पोखराको लासग सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए। कप्तान कुशल भुर्तेल, दिनेश खरेलले समन एक एक विकेट हात पारे।


