काठमाडौं । जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले १०२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएपछि १०२ रनको लक्ष्य पाएको हो।
काठमाडौंका लागि गेराड एरासमसले २० रन बनाए। यस्तै कप्तान करण केसीले १९ रनको योग्दान दिए। यस्तै ओपनर स्तेफेन एस्किनाजी १७ रन बनाए।
यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी र शेर मल्ले तीन विकेट लिए। मोहमद मोसेमले समान दुई विकेट लिँदा अरनिको यादव र किशोर महतोले एक एक विकेट हात पारे।
पाँच खेलमा चार जित र एक हारका ब्यहोरेको जनकपुरले बिहिवारको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्ने छ।
जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो। तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो।
चार खेलमा दुई मा हार र दुईमा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ।


