बालेनकाे गाेलमा महानगर प्रमुख टिम विजयी


काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय ११ विरुद्ध विजयी हासिल गरेका छन्।

३०औँ महानगर दिवसको अवसरमा बिहिवार सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा मेयर शाहको टोलीले ५–२ को जित हासिल गरेको हो।

उक्त खेलमा मेयर शाहले दोस्रो हाफमा गोल गरे।

खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गरेकी हुन्।

प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले दुई गोल, नविन भण्डारी र विनय शाक्यले समान एक गोल गरे। प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले दुई गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको