काठमाडौँलाई हराएको जनकपुर प्लेअफमा

काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ।

त्रिवि क्रिकेट मैदान बिहिवार भए खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफमा पुग्ने पहिलो टिम समेत बनेको छ।

काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओरभमा पाँच विकेट गुमाएर १०४ रन बनाउँदै पुरा गर्यो।

यो नतिजासँगै जनकपुरले ६ खेलबाट १० अंक जोड्दै प्लेअफ स्थान सुरक्षित गरेको हो। जितसँगै जनकपुर सुदूरपश्चिम रोयल्सलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। आफ्नो अन्तिम खेलमा विजयी प्राप्त गरे जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ।

हारले काठमाडौंलाई प्लेअफको सम्भावना कठिन बनेको छ। काठमाडौंले दुई खेल खेल्न बाँकी छ। काठमाडौंले प्लेअफ पुग्न दुबै खेल जित्न पर्नेछ नै, पोखरा, चितवन र कर्णालीको नतिजामा पनि भर गर्नु पर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको